आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उपनिर्वाचन भएका तीन वटै निर्वाचन क्षेत्रमा धमाधम मतगणना

सोमबार, ११ वैशाख २०८०, १४ : २३
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । आइतबार उपनिर्वाचन सम्पन्न भएका बारा–२, चितवन–२ र तनहुँ १ मा धमाधम मतगणना सुरु भएको छ । तनहुँ १ मा गएरातिदेखि नै मतगणना सुरु भइरहेको हो भने बारा २ र चितवन २ मा सोमबार दिउँसोदेखि मतगणना सुरु भएको हो । 

मतगणना सुरु भएदेखि नै तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बनाइरहेका छन् । उनलाई कांग्रेसका गोविन्द भट्टराईले पछ्याएपछि मतान्तर धेरै छ  । यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा रहँदा अन्य उम्मेदवारले उल्लेखनीय मत पाउन सकेका छैन ।

यस्तै बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक अग्रता बनाएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याउँदा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पछि रहेका छन् । बारा २ मा ३४ जना उम्मेदवार छन् । 

यस्तै चितवन २ मा रास्वपाका पनि केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । चितवनमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेसहित २२ जना उम्मेदवार छन् ।

बारा २ मा ६८ हजार ८८७, चितवन २ मा ७८ हजार २७७ र तनहुँ १ ६३ हजार ७५७ हजार मत खसेको थियो ।

 बारा २ को शिक्षा तालिम केन्द्र, कलैया,  चितवन २ को उद्योग वाणिज्य संघको हल, भरतपुर र तनहुँ  १ को जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतगणना भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप