उपनिर्वाचन
६,८३८ मतले वाग्लेको अग्रता
सोमबार, ११ वैशाख २०८०, १५ : २२
तनहुँ । तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेको अग्रता कायमै राखेका छन् । सोमबार जारी मतगणनामा उनले ६ हजार ८३८ मतले अग्रता कायम गरेका हुन् ।
२२ वडाको ३१ हजार २१९ मतगणना गर्दा वाग्लेले १५ हजार ९५८ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० मत प्राप्त गर्दा नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ मत प्राप्त गरेका छन् ।