सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङमा बालिकालाई ठक्कर दिएर भागेका अटो चालक भारतबाट पक्राउ

सोमबार, ११ वैशाख २०८०, १६ : ३९
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा ५ वर्षीया बालिकालाई ठक्कर दिएका भागेका अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

घोराही उपमहानगरपालिका–१२ घर भएका २६ वर्षीय सुवास सुनारलाई भारतबाट पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

रा.१ ह ७००३ नम्बरको अटोले ठक्कर दिँदा घाइते भएकी ५ वर्षीया बालिका युबिका बुढाथोकीको भैरहवास्थित मेडिकल कलेजमा मृत्यु भएको थियो । 

आरोपीलाई भारतको हरियाणाबाट भारतीय प्रहरीसँगको समन्वयमा २६ दिनपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजकुमार गौतमले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप