तनहुँ १ मा रास्वपाका वाग्लेको अग्रता कायमै
सोमबार, ११ वैशाख २०८०, १९ : १६
तनहुँ । सोमबार साँझसम्म तनहुँ १ मा ४३०७१० मतपत्र गणना सकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ ।
यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् ।
भट्टराईले १२९११ मत पाउँदा वाग्लेले २२२६० मत पाएका छन् ।
यस्तै एमालेका सर्वेन्द्र खनालले ६५९३ मत पाएका छन् ।