आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै, जनमतका कुशवहा पछ्याउँदै

सोमबार, ११ वैशाख २०८०, १९ : ५४
सोमबार, ११ वैशाख २०८०

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । जारी मतगणनामा उनलाई जनमत पाटीका शिवचन्द्र कुशवहाले पछ्याउँदै छन् ।

उम्मेदवार यादवले ६७७४ मतपत्र गणना सकिँदा २६०० मत पाएका छन् । यस्तै एमालेका पुरुषोत्तम पौडेलले  ८६१ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवहाले २०६७ मत पाएका छन् । कुशवहा यादवभन्दा पछि पर्दै दोस्रो स्थानमा रहेका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले ३०३ मत पाएका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप