आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवन इच्छाकामनाको मतगणना सकियो, रविको फराकिलो अग्रता कायमै

सोमबार, ११ वैशाख २०८०, २० : ०७
सोमबार, ११ वैशाख २०८०

चितवन । चितवन २ अन्तर्गत इच्छाकामना गाउँपालिकाको सबै मतपत्र गणना गरिसकिएको छ । आइतबार भएको प्रतिनिधिसभा अन्तर्गत उपनिर्वाचनको सोमबार दिउँसोदेखि मतगणना सुरु भएको थियो । 

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रवि लामिछानेले फराकिलो अग्रता कायमै गरेका छन् । इच्छाकामना गाउँपालिकामा खसेको ९४४१ मत गणना गर्दा रास्वपाका लामिछानेले ४३५८ मत प्राप्त गरेका छन् । 

यस्तै उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २५४४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जित नारायण श्रेष्ठले २२०५ मत पाएका छन् ।

c 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप