सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

सोमबार, ११ वैशाख २०८०, २० : २४
सोमबार, ११ वैशाख २०८०

काठमाडौं । न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-३ पुछारबजार घर भई काठमाडौं टोखा नगरपालिका-६ बानियाँटार बस्ने ३८ वर्षीय हरिजंग गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि न्यूजिल्याड पठाई प्रतिष्ठित होटलमा १ लाख ५० हजार रुपैयाँ मासिक तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा  ५ लाख ६ हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा बानियाँटारबाट पक्राउ गरेको हो ।

उनलाई  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ ।                                                                                                   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप