सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुर्खेतमा सवारी दुर्घटनामा हुँदा एकजना को मृत्यु, ७ घाइते

सोमबार, ११ वैशाख २०८०, २२ : ०६
सोमबार, ११ वैशाख २०८०

सुर्खेत । सुर्खेतमा सोमबार भएको दुई वटा सवारी दुर्घटनामा  एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सोमबार एक ट्याक्टर र एउटा जिप दुर्घटनामा परेका थिए । मृत्यु हुनेमा लेकबेशी नगरपालिका–६ बस्ने अन्दाजी २३ वर्षीय ललित राना रहेका छन् ।

भेरीगंगा नगरपालिका–७ मुलपानीस्थित भित्री सडक–खण्डमा झिङ्नीबाट मुलपानी तर्फ जाँदै गरेको भे१त ७४४० नं. को खाली ट्याक्टरमा चढ्ने क्रममा उनी ट्याक्टरबाट खसेका थिए । ट्याक्टरको बीच र पछाडिको टायरले च्यापी गम्भीर अवस्थाममै मेहलकुना अस्पतालमा पठाइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

यस्तै सोही नगरपालिका–५ हर्रे रत्न राजमार्ग अन्तर्गत एउटा जिप दुर्घटनामा परेको थियो । नेपालगन्जदेखि डोल्पातर्फ जाँदै गरेको बागमती ०१ ०२६ प २७९९ न. को बोलेरो जिप अनियन्त्रित भएर दुर्घटना भएको हो । 

दुर्घटनामा परी ७ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ । 

घाइते हुनेमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–११ का ३३ वर्षीय गोरख बुढा, ३९ वर्षीय देउरुपा पुन, सोही पालिकाको वडा नम्बर ६ का २७ वर्षीय दिलचन्द रोकाया, वडा नम्बर १० का ४७ वर्षीय बेलमति गिरी, वडा नम्बर २ की ९० वर्षीय धनकली बोहरा रहेकी छन् । 

यस्तै सोही वडाकी ७६ वर्षीय जसु गिरी र वडा नम्बर १ की १९ वर्षीय विमला बुढापनि घाइते भएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप