सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

मङ्गलबार, १२ वैशाख २०८०, १० : ००
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् । जसमा दुई खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेक्समा ३ बजे र ६ बजे हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ । रङ्गशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । यो खेल भने साँझ ६ बजे सुरु हुनेछ । 

त्यस्तै एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबिच खेल हुनेछ । यो खेल दिउसो ३ बजे सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप