अपहरण गरेर कुटपिट गरेको आरोपमा दुईजना पक्राउ
मङ्गलबार, १२ वैशाख २०८०, ११ : २२
काठमाडौं । अपहरण गरेर कुटपिट गरेको आरोपमा प्रहरीले रौतहटबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजदेवी नगरपालिका–६ स्थित मोहनपुर बस्ने २१ वर्षीय राजबावु पटेल उर्फ राजा र माधवनारायण नगरपालिका–६ घर भएका मन्त्रीबावु राय उर्फ दिपेश छन् । वैशाख ९ मा आरोपीहरुले परोहा नगरपालिका–३ तेजापाकड बस्ने ३० वर्षीय राजकुमार महतो भन्ने हिरामान महतोलाई अपहरण गरेर कुटपिट गरेको आरोप छ । ‘बलरामा घर बनाउनु छ’ भनेर मन्त्रीबावुले बलारका भट्टीमा लगेर सात–आठ जना मिलेर कुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
पीडितलाई पेस्तोल देखाएर आरोपीहरुले ४ लाख रुपैयाँ फिरौती मागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरुले पीडितलाई भारततर्फ लैजाने लागेको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए ।