सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नक्कली नोटसहित पक्राउ

मङ्गलबार, १२ वैशाख २०८०, ११ : ३५
मङ्गलबार, १२ वैशाख २०८०

धनुषा ।  जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट एक जनालाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको ।  १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोटसहित बिदेह नगरपालिका-६ बस्ने २५ वर्षीया अनु कुमारी साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट सक्कली नगद १० हजार ५ सय नेपाली रूपैयाँ र १ सय ६० भारतीय रूपैयाँ समेत बरामद गरेको छ । 

यसैबीच महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित दसगजा नजिकबाट एक पनि हजारको दरको १ थान नक्कली नोटसहित धनुषा मुखियापट्टी मुसर्निया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप