मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बारा-२ मतगणना अपडेट : उपेन्द्र यादव ४७६३ मतले अगाडि, पच्छ्याउँदै कुशवाहा

मङ्गलबार, १२ वैशाख २०८०, १३ : ४३
मङ्गलबार, १२ वैशाख २०८०

बारा । बारा २ मतगणना अहिले जारी छ । पछिल्लो मतपरिणामअनुसार ३३६३७ मत गन्दा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १४५४३ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९७८० मतसहित पच्छ्याइरहेका छन् भने एमालेका पुरुषोत्तम पौडेलले ४८५० मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपाका रमेशप्रसाद खरेलले २०५९ मत प्राप्त गरेका छन् ।

बारामा जनता समाजवादी पार्टी  ४७६३ मतले अगाडि रहेको छ । आइतबार भएको निर्वाचनमा सो क्षेत्रमा ६९१०७ मत खसेको थियो। हालसम्म करैयामाई, सुर्वण गाउँपालिका, कोहल्वी नगरपालिका ८ को गणना सकिएको छ भने देवताल, महागढीमाई नगरपालिका गणना भइरहेको छ । हालसम्म भएको मतगणनामा ४५९ मत बदर भएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप