सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न

मङ्गलबार, १२ वैशाख २०८०, १४ : १०
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । किष्ट शिक्षण अस्पताल ललितपुरले सोमबार कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । प्रत्यारोपणका लागि कलेजो (अङ्ग) ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका–६ निवासी दम्पती हुन् । 

किष्ट शिक्षण अस्पतालले विगत दुई वर्ष देखि मिर्गौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो । कलेजो प्रत्यारोपण कार्यमा अस्पतालमा नेपाल तथा भारतका ४० जना दक्ष प्राविधिकहरू परिचालित थिए । 

उक्त शल्यक्रिया सम्पन्न गर्न भारतस्थित ईन्दप्रस्थ अपोलो अस्पतालका डा.निरभ गोयल, डा. अरुण कुमार भेनुथुरिमिल्लि र डा. सञ्जिव अनेजाको सहभागी रहेको थियो भने प्रतिष्ठानका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा.डा.मुकुन्द राज जोशीको नेतृत्वमा डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठलगायत एनेस्थेसिया विभाग, क्रिटिकल केयर विभाग तथा ग्यास्ट्रोईन्टेरोलोजी विभागका सदस्यहरूको सहभागिता रहेको थियो । प्रत्यारोपण शल्यक्रिया सम्पन्न गर्न १५ घण्टाको समय लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप