मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बारा–२ मा ३५३१२ मत गन्दा कसले पाए कति मत ?

मङ्गलबार, १२ वैशाख २०८०, १४ : १७
मङ्गलबार, १२ वैशाख २०८०

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । मंगलबार दिउँसो २ः१५ को अध्यावधिक विवरणअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १५१८३ मत पाएका छन् । 
हालसम्म ३५३१२ मत गणना सम्पन्न हुँदा यादवले अगता कायमै राखेका हुन् । यस्तै दोस्रो स्थानमा रहेको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार २७ मत र रास्वपाका रमेश खरेलले २ हजार ९५ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप