मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

शिवचन्द्रसँग उपेन्द्रले बनाए ५ हजार भन्दा बढीको मतान्तर

मङ्गलबार, १२ वैशाख २०८०, १६ : ०६
मङ्गलबार, १२ वैशाख २०८०

बारा । बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले भन्दा ५ हजार २०३ मत बढी पाएका छन् । 

मंगलबार अपराह्न ४ बजेको अद्यावधिक विवरणअनुसार यादवले १७ हजार ३९३ मत पाउँदा कुशवाहाले १२ हजार १९० मत पाएर यादवलाई पछ्याइरहेका छन् । 

यस्तै एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ३१५ मत पाउँदा रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार १४० मत पाएका छन् । हालसम्म बारा २ मा ३९ हजार ९५६ मत गणना सकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप