मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, १२ वैशाख २०८०, १६ : १७
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९० पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप