मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

मध्यरातसम्ममा बारा–२ को मतगणना सक्ने लक्ष्य

मङ्गलबार, १२ वैशाख २०८०, १६ : ४२
मङ्गलबार, १२ वैशाख २०८०

बारा । बारा–२ को मतगणना आज मध्यरातसम्ममा सक्ने लक्ष्य लिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अब दुई स्थानीय तहका १६ वटा वडामा मतगणना हुन बाँकी रहेको छ । 

४४ वटा वडा रहेको बारा–२ मा करैयामाई, सुवर्ण र देवताल गाउँपालिकाको सम्पूर्ण वडा र  कोहल्वी नगरपालिकाको वडा नम्बर ८ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । 

उनका अनुसार अब महागढीमाई नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्म र पचरौता नगरपालिकाको ९ वटा गरी १५ वटा वडाहरू गणना गर्न बाकी रहेको छ । 

उनले भने, ‘अब १६ वडाको मतगणना हुन बाँकी छ । हामी अन्तिम मत परिणाम आज राति १२  बजेभित्र सार्वजनिक गर्ने गरी लागिरहेका छौँ ।’

उनका अनुसार अब २७ हजार ३३९  मत गणना गर्न बाँकी  छ । हालसम्मको मत परिणाम अनुसार जसपाका अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवले अग्रता फराकिलो बनाएका छन् । 

आइतबार भएको उपनिर्वाचनमा बारा २ मा ६९ हजार १०७ मत खसेको थियो । बारा २ मा सोमबारदेखि मतगणना सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप