आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारा–२ मा यादवको चार हजार बढीको अग्रता

मङ्गलबार, १२ वैशाख २०८०, १७ : ५२
मङ्गलबार, १२ वैशाख २०८०

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । 

मंगलबार जारी मतगणनाको पछिल्लो अद्यावधिक विवरणअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ४९६ मतसहित अग्रता कायम राखेका छन् ।

हालसम्म ४३ हजार ३८२ मत गणना सम्पन्न हुँदा यादवले अग्रता कायमै राखेका हुन् ।

यस्तै दोस्रो स्थानमा रहेको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १४ हजार १७४ मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ५१४ मत र रास्वपाका रमेश खरेलले २ हजार १९६ मत पाएका छन् । यादव र कुशवहाको मतान्तर चारहजार बढी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप