मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

५० हजार मत गन्दा उपेन्द्रको अग्रता कायमै

शनिबार, ०५ जेठ २०८१, १९ : ०५
शनिबार, ०५ जेठ २०८१

बारा । बारा क्षेत्र नम्बर दुईमा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । ५० हजार १६१ मत गनिसक्दा यादव २० हजार ४६३ मतसहित अग्रता स्थानमा रहेका छन् । 

दोस्रो स्थानमा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाको १७ हजार ७९८ मत रहेको छ । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार १२१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद खरेलले २ हजार ४६६ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप