आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विपद्को पूर्वतयारीलाई नै प्राथमिकता दिनुपर्छ : मन्त्री गुरुङ

मङ्गलबार, १२ वैशाख २०८०, २१ : ०८
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले विपद् व्यवस्थापनको सन्दर्भमा काम गर्दा घटना हुनुपूर्वको तयारीलाई विशेष ध्यान दिनुपर्ने बताएकी छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा ‘पुनर्लाभबाट उत्थानशीलतासम्म नेपालको हरित, उत्थानशील तथा समावेशी विकास मार्गतर्फको घोषणा कार्यान्वयन गर्ने’ सम्बन्धमा मंगलबारदेखि सुरु पहिलो राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्राधिकरणले पूर्वतयारीलाई आत्मसात् गर्दै कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् । 

मन्त्री गुरुङले विपद् व्यवस्थापनका लागि सेवासहितको एकीकृत संरचना जरुरी रहेको र कुनै विपद् आइहालेमा तत्कालै त्यो संरचना परिचालन हुने गरी तयारी गर्नुपर्ने बताइन् । उनले धेरै लगानी गराएर विगतमा गरिएको पुनःनिर्माणका घर मनको घरजस्तो नभएकाले अब हिजोको कार्यशैलीलाई परिवर्तन गर्न जरुरी रहेको बताइन् । कतिपय प्रभावितलाई भुक्तानी दिन नसकिएको उल्लेख गर्दै उनले त्यस समस्याको छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सहरी विकास सचिव सुरेश आचार्यले भूकम्प र बाढीपहिरोका हिसाबले नेपाल उच्च जोखिम रहेको उल्लेख गर्दै  भोलि आउने विपद्लाई सामना गर्नसक्ने गरी तयारी गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले अहिलेसम्म भएका प्रगति विवरणसमेत जानकारी गराइन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप