आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भन्सार छलेर भारतबाट ल्याएको ८८ बोरा मकै झापामा बरामद

मङ्गलबार, १२ वैशाख २०८०, २१ : ५९
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । प्रहरीले झापाको गौरिगञ्ज गाउँपालिका वडा नम्बर–२ स्थित आँपगाछीबाट मकै बरामद गरेको छ । भन्सार छलेर भारतबाट ल्याउँदै गरेको मे.१ त ७११० नम्बरको ट्रयाक्टरमा लोड गरेको ८८ बोरा मकै बरामद गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । 

इलाका प्रहरी कार्यालय गौरिगञ्ज र प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी गस्ती टोलीले रोक्न खोज्दा ट्याक्टर चालक भागेका थिए । ९६ हजार ८ सय मूल्य पर्ने मकै र ४ लाख मूल्यको ट्रयाक्टर भन्सार कार्यालय काकडभिट्टा बुझाएको एसपी रेग्मीले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप