सहिद स्मारक ए डिभिजन लिग : आज तीन खेल
बुधबार, १३ वैशाख २०८०, १० : ००
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । आजका दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र मच्छिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल यूथ क्लबबीच खेल हुनेछ । हिमालयन र जावलाखेलबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । त्यस्तै च्यासल मैदानमा सातदोबाटो यूथ क्लब र संकटा क्लबबीच खेल हुनेछ । सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।