सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पूर्व–पश्चिम राजमार्गबाट २१ टन चिनीसहित ट्रक चालक पक्राउ

बुधबार, १३ वैशाख २०८०, १३ : ४९
बुधबार, १३ वैशाख २०८०

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको २१ टन चिनीसहित एक जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटको टिसिएन चोकमा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरी ल्याएको २१ हजार किलोग्राम चिनीसहित ना ६ ख २९०३ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

कारोबारमा संलग्न भएको आशंकामा सिराहा धनगढीमाई–१० बस्ने ट्रक चालक वीरेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । १५ लाख ८५ हजार मूल्य बराबर उक्त चिनी आवश्यक कारवाहीका लागि राजस्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप