आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्वको प्रस्ताव पेश

बुधबार, १३ वैशाख २०८०, १४ : ३३
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्वको प्रस्ताव पेस भएको छ ।  

बुधबार राष्ट्रिय सभाको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेकी हुन् ।   

उनले प्रस्ताव पेस गरेसँगै छलफल गर्ने क्रममा एमाले सांसद्हरुले अर्थमन्त्री डा.प्रकाशशरण महतको उपस्थिति नभएको भन्दै छलफलमा भाग नलिने भएपछि बैठक स्थगित भएको छ । प्रस्ताव पेस गर्दै साहले नेपाली जनताका समस्या समाधान गदै राजनीतिप्रति वितृष्णा र निराशा हुनबाट जोगाउने वर्तमान सरकारको दायित्व भएको बताइन् ।   

उनले मुलुकको अर्थतन्त्र सुधार गरी मुलुकमा समाजवादका आधारहरू तयार गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्ने बताइन् । उनले मुलुक आर्थिक रुपमा श्रीलंका र पाकिस्तानको बाटोमा जान नदिनको लागि सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको बताइन् । 

उनले सरकारले पुँजीगत खर्च गर्न नसक्नु राष्ट्रिय रोग जस्तो भएको बताइन्  । उनले सरकारले विकास खर्च गर्न नसक्दा मुलुकको विकास महँगो हुने बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप