सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तस्करीको सामान बोकेको गाडी दुर्घटना : चारजना घाइते, चालक फरार

बुधबार, १३ वैशाख २०८०, १८ : ००
बुधबार, १३ वैशाख २०८०

सिरहा । भारतीय बजारबाट तस्करीका सामान बोकेर आएको गाडी दुर्घटना भएको छ । बुधबार सिरहाको चोहर्वास्थितको नरहामा अनियन्त्रित भई गाडी दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । 

नरहा गाउँपालिका ३ खोरीयाटोल नजिक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज१ज २९९ नम्बर म्याजिक दुर्घटना हुँदा कर्जन्हा नगरपालिका ३ बन्दिपुरका ५१ वर्षीय शिवसती यादव, २२ वर्षिय पिन्का यादव, ६० वर्षिय भोला यादव र सिरहाको खिरौनाका ४० वर्षीया सरितादेवी साह (गुप्ता) घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिकृष्ण केसीले बताएका छन् । 

घाइतेमध्ये ६० वर्षीय भोला यादवको अवस्था गम्भीर रहेको प्रहरीले बताइएको छ । 

दुर्घटनालगतै गाडीका चालक भने फरार भएका छन् । गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गाडीमा रहेको सामान कसको भन्ने खुल्नसकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप