सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्काको नाममा ट्रायल दिने एकजना पक्राउ

बुधबार, १३ वैशाख २०८०, १९ : ५२
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने १ जना पक्राउ परेका छन् ।  अर्काको नाममा ट्रायल दिने धादिङ घर भएका २८ वर्षीय  राजेश शाहीलाई बुधबार ट्राफिक प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले दक्षिणढोका ट्रायल सेन्टरबाट धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुईपांग्रे सवारी साधनको ट्रायल दिँदै गरेका शाहीलाई  नियन्त्रणमा आएर थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक  राजेन्द्र प्रसाद भट्टले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप