सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आर्सनलको पोष्टमा सिटीको गोल वर्षा

बिहीबार, १४ वैशाख २०८०, ०७ : ११
बिहीबार, १४ वैशाख २०८०

काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्न पुगेको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरेपछि उपाधी होड रोमाञ्चक बन्न पुगेको हो ।

सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा आर्सनलमाथि ४–१ को जीत निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । 

बुधवार राति भएको खेलको सातौं मिनेटमा केभिन डि ब्रुएनाले सुरुवात गोल हानेर खेललाई १–० को अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयमा जोन स्टोन्स थप अर्को गोल गर्दै सिटीको अग्रता दोब्बर पारिदिए  । 

आर्सनलको पोष्ट गोल हान्ने क्रम अझै रोकिएन । दोस्रो हाफको ५४औं मिनेटमा ब्रुएनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटी ३–० को अन्तरले उपाधी होडतर्फ लम्काइदिए । 

तर, ८६औं मिनेटमा आर्सनलका रोब होल्डिङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याई दिए ।

घरेलु मैदानमा सिटी रोकिने पक्षमा भने देखिएको थिएन, उसले दोस्रो हाफको इन्ज्युरी समयमा पनि गोल हानिदियो । हालान्डले फिल फोडेनको पासमा अन्तिम गोल गरे । 
 
अन्ततः सिटीले ४–१ को सानदार जितसहित उपाधी होडमा आफूलाई अब्बल सावित गरिदियो ।

यस खेलसँगै आर्सनल र सिटीको अंक दुई मात्रै फरक परेको छ । शीर्षस्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ भने सिटीले ३१ खेलबाट ७३ अंक बटुलेको छ । बाँकी रहेका दुबै खेलमा जीत हासिल गरे सिटीले आर्सनललाई  ४ अंकले पछि पार्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप