सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश

बिहीबार, १४ वैशाख २०८०, ०७ : ३६
बिहीबार, १४ वैशाख २०८०

काठमाडौं । इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । युभेन्ट्सलाई पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।  

बुधबार राति मिलानोमा भएको सेमिफाइनल खेलमा १–० को गोल अन्तरको तथा समग्रमा २–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । 

सो खेलको पहिलो हाफको १५ औं मिनेटमा फेडरिको डिमार्कोले गरेको गोल नै निर्णायक बन्यो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

अब इन्टरले उपाधिका लागि फियोरेन्टिना र क्रेमोनेस मध्ये एक विजेतासँग खेल्नेछ । यी दुई टोलीबीच आज राति प्रतिस्पर्धा हुदैँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप