सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चेल्सीको लगातार पाँचौँ हार

बिहीबार, १४ वैशाख २०८०, ०८ : ४०
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । इङ्गलिसप्रिमियर लिगको जारी खेलमा चेल्सी पराजित हुन पुगेको छ । 

घरेलु मैदानमा नै चेल्सी ब्रेन्टफर्डसँग २–० ले पराजित हुन पुगेको हो । चेल्सीको यो लगातार पाँचौँ हार हो । 

स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको भएको खेलको ३७औँ मिनेटमा चेल्सीका कप्तान सिजर एज्पिलिक्वेटाको आत्मघाती गोल गरेर टोलीलाई पछि पारेका थिए । अन्ततः कतैबाट पनि थप गोल हुन नसके पछि खेल पहिलो हाफमा १–० मा नै टुङ्गियो । 

खेलको ७८औँ मिनेटमा ब्रेन्टफर्डका ब्रायनले गोल थप गरे पछि खेल अन्ततः २–० मा टुङ्गियो । 

यस पराजयसँगै चेल्सी ३२ खेलबाट ३९ अङ्क जोडेर ११औँ स्थानमा छ भने ब्रेन्टफर्ड ३३ खेलबाट ४७ अङ्क जोडेर नवौँ स्थानमा उक्लिन पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप