सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बिहीबार, १४ वैशाख २०८०, ०९ : ०५
बिहीबार, १४ वैशाख २०८०

बुटवल । गुल्मीमा  जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

बुधबार राति पौने १० बजेको समयमा जिल्लाको मालिका गाउँपालिका २ खल्टिङ्ग्खोला भन्ने स्थानमा लु १ च ९९११ नम्बरको जिप दुर्घटना हुँदा बागलुङको बढिगाड गाउँपालिका बलघासका १८ वर्षीय किशोर केसीको मृत्यु भएको हो ।

उनी जिपका सहचालक भएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए । दुर्घटनामा जिप चालक २१ वर्षीय प्रेम बहादुर केसीको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको छ । 

दर्लिङ्गबाट भिमगिठे तर्फ जाँदै गरेको जिप एक्कासि ब्रेक फेल भई सडक देखि करिब १५० मिटर तल खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप