आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नाम निस्केर पनि ७ जनाले लिएनन् विद्युत् प्राधिकरणबाट नियुक्ति पत्र

बिहीबार, १४ वैशाख २०८०, १० : १३
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको जागिरका लागि नाम निस्केर पनि ७ जनाले नियुक्ति पत्र नलिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले स्थायी सेवामा नियुक्तिका लागि कर्मचारी सेवा, सर्त विनियामावली २०७५ (संशोधनसहित) मा तोकिएको अवधिभित्र नियुक्तिपत्रमा लागि सूचित गरेको थियो । 

तर, उनीहरू तोकिएको समयमा नगएपछि प्राधिकरणले फेरि सूचना जारी गरेर १५ दिनभित्र नियुक्ति पत्र लिन आउन तथा नियुक्त गरिएको कार्यालयमा हाजिर हुन सूचित गरिएको छ । 

नियुक्ति लिन नजानेमा १ जना प्रकाशकीय अधिकृत, दुई जना इन्जिनियर, एक जना सुपरभाइजर, २ जना मिटर रिडिङ सुपरभाइजर र एक जना लेखापाल रहेका छन् । 

Capture

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप