मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालको चौथो विकेट गुम्यो, कप्तान रोहित आउट

बिहीबार, १४ वैशाख २०८०, १० : १६
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध चौथो विकेट गुमाएको छ । खेलको १६ औँ ओभरमा कप्तान रोहित पौडेल २७ रन बनाएर आउट भएका हुन् । उनी ओवेस अहमदको बलमा क्याच आउट हुन पुगे ।

यसअघि १३ औँ ओभरमा ओपनर आसिफ शेख १९ रन बनाएर आउट भएका थियो । इकरामुल्लाह खानको बलिङमा उनी पनि क्याच आउट भएका हुन् ।

कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । नेपालले ९ रनमा दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमा कुशल भुर्तेल २ रन बनाएर आउट भए भने चौथो ओभरमा भीम सार्की ६ रन बनाएर आउट भए । दुवै विकेट गायान मुनाविराले लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप