सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय कविता महोत्वस हुँदै, छनौटमा परेका १० कवितालाई १५ हजार पुरस्कार

बिहीबार, १४ वैशाख २०८०, ११ : ३२
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । आगामी असार ९ गते हुने महोत्सवका लागि प्रतिष्ठानले कविहरुसँग कविता माग गरेको छ । 
इच्छुक कविहरुले जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भइ वा इमेलमार्फत कविता पठाउन सक्नेछन् । यसरी पठाउने कविता नेपालका सबै भाषा÷मातृभाषामा भएपनि स्वीकार्य हुने प्रतिष्ठानको भनाइ छ । 

प्राप्त कविताहरुमध्ये उत्कृष्ट १० कवितालाई बाचनका लागि भनोट गरिनेछ भने ती कविता प्रत्येकलाई १५ हजारसहित कदरपत्रले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । 

Capture
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप