आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, ७ दिने स्पष्टीकरण माग

बिहीबार, १४ वैशाख २०८०, ११ : ४१
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । कालोसूचीमा राख्ने प्रयोजनका लागि सार्वजनिक निकायहरूले सिफारिस गरेको आधारमा प्रक्रिया पुरा गर्न कार्यालयले ७ दिने स्पष्टीकरण सोधेको हो । 

सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न भनी सिफारिस भएपछि त्यसो गर्न नपर्ने भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न यसअघि कार्यालयले पत्राचार गरेको थियो । तर, ती निर्माण कम्पनीले कुनै जवाफ नदिएकाले थप ७ दिनको म्याद दिएर सूचना प्रकाशित गरेको हो । उनीहरुले चित्तबुझ्दो जवाफ नदिएमा कालोसूचीमा पर्नेछन् । 

bl

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप