सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अजरवैजान पुर्‍याएर १३ लाखभन्दा बढी ठगी गर्ने एकजना पक्राउ

बिहीबार, १४ वैशाख २०८०, १४ : ४६
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । अजरवैजान पुर्‍याई ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

कैलालीको वर्दगोरीया गाउँपालिका-६ का दिनेश बमलाई  पोर्चुगल पुर्‍याइदिने भन्दै अजरबैजान पुगाएर दुई महिनादेखि अलपत्र पार्ने टीकापुर नगरपालिका(१  का कृतक बहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको हो । 

पोर्चुगल पुर्‍याएर मासिक दुई लाख नेपाली रकम हुनेगरी काम लगाइदिने भन्दै ठगी गर्ने ४० वर्षीय साउँदलाई  प्रहरीले काठमाडौँको सिनामंगलबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनले बमसँग  १३ लाख ९२ हजार लगेर अलपत्र पारेका हुन् । वैदेशिक रोजगार विभागको पत्राचार अनुसार महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप