सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रज्ञाको राष्ट्रिय कविता महोत्सव प्रतियोगी नहुने

बिहीबार, १४ वैशाख २०८०, १४ : ५९
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष असार ९ गते आफ्नो वार्षिकोत्सवको अवसरमा गर्दै आएको राष्ट्रिय कविता महोत्सव यसपाली प्रतियोगी नहुने भएको छ । 

यसअघि, राष्ट्रिय कविता महोत्सव प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई कदरपत्रसहित क्रमश: ३० हजार, २० हजार र १५ हजार रुपैयाँ पुरस्कार दिइन्थ्यो ।

तर, यस वर्ष उत्कृष्ट १० जनालाई कदरपत्रसहित जनही १५ हजार रुपैयाँ पुरस्कार दिइने भएको छ । अप्रकाशित, अप्रसारित कविता जेठ २० सम्म पठाउनु पर्नेछ । 

यसअघि, राष्ट्रिय कविता महोत्सवमा नेपाली भाषामा मात्रै कविता पठाउन पर्थ्यो तर यसपाली जुनसुकै मातृभाषामा कविता पठाउन सकिने भएको छ । प्रज्ञा प्रतिष्ठानको सूचनामा मातृभाषाको कवितासँगै नेपाली अनुवाद पठाउन पर्ने उल्लेख छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप