सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पोर्चुगलको सपना देखाएर २१ लाख ठगी

बिहीबार, १४ वैशाख २०८०, १६ : ५३
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । पोर्चुगलको सपना देखाएर दुई जनाले २१ लाख ठगेको पाइएको छ ।  ठगी कार्यमा संलघन गोरखाको घ्यालचोकका दुर्गा बहादुर रेग्मी र कमला रेग्मीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

सुजन कार्कीसहित ३ जनालाई ठगेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । 

विभागको आग्रह अनुसार नै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीको लागि उनीहरूलाई विभागमा पठाइएको प्रहरीले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप