सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलिया पठाइदिन्छु भन्दै युवतीले ठगिन् ३० लाख रुपैयाँ

बिहीबार, १४ वैशाख २०८०, २१ : २७
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक महिलाको लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन् । 

पक्राउ पर्नेमा काठमाडौँको लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन् । 

श्रेष्ठले अस्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक तीन लाखभन्दा बढी तलब हुन्छ भनी अमृता गुरुङलाई प्रलोभनमा पारी तीस लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी थिइन् । 

वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा श्रेष्ठलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको आधारमा खटिएको विशेष प्रहरी टोलीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो । 

श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप