जागरण यात्रा गर्ने आजपाको निर्णय
बिहीबार, १४ वैशाख २०८०, २२ : ५७
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले जागरणयात्रा गर्ने निर्णय गरेको छ। बिहीबार सम्पन्न पार्टीको पदाधिकारी बैठकले सामाजिक र राजनीतिक रुपमा संकटग्रस्त बन्दै गएको विषम परिस्थितिलाई आत्मसात गर्दै ‘देशलाई संकटबाट जोगाउन जागरण यात्रा’ गर्ने निर्णय गरेको हो ।
अध्यक्ष साहले यात्रा जेठ १८ गतेदेखि महेन्द्रनगरबाट शुभारम्भ गर्ने तय भएको जानकारी दिए । बैंकले पार्टी र जनसंगठनका कार्यहरुलाई व्यवस्थित गर्ने निर्णयसहित उपनिर्वाचनको समीक्षा पनि गरेको छ । उपचुनावमा बारा २ मा पार्टीको उपस्थितिले संगठनको विजारोपन गर्न सफल भएको ठहर बैठकले गरेको छ ।