आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प, पाँच दिनमा तेस्रो

शुक्रबार, १५ वैशाख २०८०, ०२ : १४
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो ।

बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप