सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

शुक्रबार, १५ वैशाख २०८०, ०९ : २७
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेक्स हुनेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र आर्मीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । 

यस्तै एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र थ्री स्टारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप