सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रामकृष्ण र शम्भुजितको ‘माया हुन्छ भनन’ सार्वजनिक

शुक्रबार, १५ वैशाख २०८०, ११ : १९
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा ज्ञानेन्द्र गदालको शब्द र दीक्षित पौडेलको एरेन्ज छ । गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा गायक रामकृष्ण ढकाल र नायिका केकी अधिकारीको अभिनय छ । प्रेम र रोमान्स देखाउन खोजिएको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप