सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘लभ पर्ला जस्तो छ’ भन्दै नाचे प्रियङ्का र नाजिर

शुक्रबार, १५ वैशाख २०८०, १२ : ५१
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । गायक संगम शेर्मा लिम्बु र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत ‘लभ पर्ला जस्तो छ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत राजनराज शिवाकोटी, एरेन्ज दिवेश राईको छ । 

छमछम नचाउने शैलीको लोक पप गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्की र अभिनेता नाजिर हुसेनले अभिनय गरेका छन् । रोमान्टिक शैलीमा निर्माण गरिएको  भिडियोमा कार्की र हुसेन प्रेम जोडीको रूपमा देखिएका छन् । 

भिडियो दिनेश माङ्मु लिम्बुले निर्देशन गरेका हुन् । राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा सम्पादन र अनिल राना, छायाङ्कन अर्जुन तिवारीको छ । भिडियो नेपाल मिडिया ग्रुपले बाहिर ल्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप