आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिचानवादीले देखाए ओलीलाई कालो झण्डा, एमालेले गर्‍यो प्रतिकार

शुक्रबार, १५ वैशाख २०८०, १४ : ४०
शुक्रबार, १५ वैशाख २०८०

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका छन् । तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्न आफ्नो जन्मथलो आठराई तेह्रथुम पुगेका ओलीलाई पहिचानवादी समूहले कालो झण्डा देखाएको हो । 

लिम्बु जातिको लोगो सिलाम साक्मा लगाएर गएका ओली शुक्रबार आठराई–५ छातेढुंगामा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका पहिचानवादी समूहले ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन । 

यस्तै एमालेका कार्यकर्ताहरुले नाराबाजी गर्दै पहिचानवादीको प्रतिकार गरेका थिए । कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका समूहलाई प्रहरीले लाठी चार्जसमेत गरेको थियो । 

शिक्षालयको भवन उद्घाटनमा अध्यक्ष ओली दम्पतीसहित एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ आठराई पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप