आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थप १०३ जनामा कोरोना सङ्क्रमण

शुक्रबार, १५ वैशाख २०८०, १६ : ०४
शुक्रबार, १५ वैशाख २०८०

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९२५ जनामा गरिएको कोरोना परीक्षणमा आरटी पिसिआर विधिबाट ६२७ र एन्टिजेन विधिबाट १२९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

योसँग सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ । यति बेला ५३ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । 

यस्तै, सङ्क्रमितमध्ये १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ८ जना आइसियुमा छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप