सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिंहदरबार वैद्यखाना आयुर्वेदिक केन्द्रको घाटा बढ्दै

शुक्रबार, १५ वैशाख २०८०, १६ : ४७
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिको आयुर्वेदिक औषधिको उत्पादन तथा अनुसन्धान केन्द्र घाटामा सञ्चालन भइरहेको छ । महालेखापरीक्षको ६० औं प्रतिवेदन अनुसार विकास समितिमा आयभन्दा व्यय बढी भएको पाइएको हो । 

समितिको आयभन्दा व्यय घाटा १४० प्रतिशत रहेको महालेखापरीक्षको प्रतिवेदनमा उल्लेख छ । यसवर्ष बिक्री १ करोड ८१ लाख ७५ हजार भएको देखिएको छ भने खर्च ४ करोड ३५ लाख ७१ हजार हुँदा १४० प्रतिशत घाटामा पुगेको हो । 

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा २ करोड ६५ लाख १ हजारको औषधि बिक्री भएको थियो भने ५ करोड २९ लाख ४४ हजार खर्च देखिएको छ । त्यस्तै वैद्यखानाले यसवर्ष ३१२ किसिमका औषधि उत्पादन गर्ने लक्ष्य राखेकोमा ७६ किसिमका औषधि मात्रै उत्पादन गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप