आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विपन्न नागरिकको उपचारमा २ अर्ब २४ करोड ६३ लाख खर्च

शुक्रबार, १५ वैशाख २०८०, १८ : ०८
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । सरकारले दुई वर्षमा विपन्न नागरिकको औषधि उपचारका लागि २ अर्ब २४ करोड ६३ लाख ९५ हजार खर्च गरेको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार ०७८ साउनदेखि ०७९ चैत्रसम्म सरकारले ३७ हजार जना बिरामीको स्वास्थ्य उपचारका लागि उक्त रकम खर्च गरेको हो ।

विपन्न नागरिकलाई विभिन्न ८ रोगको उपचार गर्न सरकारले उक्त रकम वितरण गरेको हो । सरकारले मिर्गौला प्रत्यारोपणका लागि बढीमा ४ लाख र अन्य रोगका लागि  १ लाख ५० हजारसम्म आर्थिक सहयोग दिने व्यवस्था गरिएको थियो । 

जस अनुसार:

मिर्गौला : मिर्गौला रोगका १४ हजार ८०६ जना बिरामीका लागि १ अर्ब १४ करोड २१ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

क्यान्सर : क्यान्सर रोगका १५ हजार १७९ बिरामीका लागि ६१ करोड ३६ लाख ९९ हजार रुपैयाँ सहयोग गरेको छ ।  

मुटु : मुटु रोगका ४ हजार ६४९ बिरामीका लागि ४० करोड ५७ लाख १२ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

हेड इन्जुरी : हेड इन्जुरी रोगका ४०४ बिरामीलाई २ करोड ७३ लाख ६२ हजार रुपैयाँ विपन्न नागरिक औषधि उपचार कोषमार्फत उपलब्ध गराइएको हो ।

स्पाइनल इन्जुरी : स्पाइनल इन्जुरीका ८७९ बिरामीका लागि ४ करोड ७९ लाख १६ हजार रुपैयाँ सरकारले सहयोग गरेको हो ।

पार्किन्सन्स रोग : पार्किन्सन्स रोगका ४९ जना बिरामीलाई ५ लाख ५४ हजार रुपैयाँ कोषमार्फत उपलब्ध गराएको हो ।

अल्जाइमर्स रोग : अल्जाइमर्स रोगका ५ जना बिरामीलाई १ लाख ७४ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

सिकलसेल एनिमिया : सिकलसेल एनिमिया रोगका १ हजार १७२ जना बिरामीलाई ८८ लाख ४३ हजार रुपैयाँ सरकारले उपलब्ध गराएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप