आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सरोकार

११ दिनदेखि अनसनरत घिमिरेको माग सम्बोधनमा सरकारको बेवास्ता (भिडियोसहित)

शुक्रबार, १५ वैशाख २०८०

काठमाडौं । किसानको समस्या समाधानका लागि भन्दै विभिन्न माग राखेर नुवाकोटको ककनी गाउँपालिका– २ का श्रीराम घिमिरे आमरण अनसन बसेको ११ दिन बित्दासमेत सरकारले उनको माग सम्बोधनका लागि पहल गरेको छैन ।

काठमाडौंको न्यूरोडस्थित भूगोलपार्कमा उनी अनसन बसे यता सरकारका उपसचिव, सहसचिवहरु पुगेर माग सम्बोधन गर्ने आश्वासन दिए पनि राजनीतिक तहबाट अहिलेसम्म कोही नआएको उनका सहयोगी ताराप्रसाद अर्यालले जानकारी दिए । किसानको मुद्दालाई सरकारले बुझेन र समयमै सुनेन भने ठुलो प्रतिरोध हुने चेतावनी उनले दिए ।

युवा किसान संघ नेपालको अध्यक्ष तथा अखिल नेपाल किसान महासंघको कोषाध्यक्ष दयालक्ष्मी श्रेष्ठले अनसनरत घिमिरेका माग समग्र किसानकै मुद्दा रहेको बताइन् ।

341747014_568704031913173_2266052876086743971_n

ककनी–३ का दिपेश ढुंगाना किसानका समस्याबारे सरकार उदासिन रहँदै आएका कारण यसरी आन्दोलन गर्नुपरेको बताउँछन् । घिमिरेको अनसनलाई उनले ‘सरकारलाई झकझक्याउने प्रयास’ का रुपमा व्याख्या गरे । सरकारले उपलब्ध गराएको अनुदान वास्तविक किसानले नपाएको, विचौलियाका कारण किसानहरु पीडित हुँदा पनि सरकार मुकदर्शक बनेको जस्ता कारणले किसानहरुले विद्रोह गर्नुपर्ने अवस्था आएको उनको बुझाइ छ ।

नुरप्रसाद अधिकारीले नक्कली किसान मालामाल भएको तर सक्कली किसान यसरी भोक हड्ताल गर्नुपर्ने अवस्थामा पुगेको बताए । झोलामा फाइल मिलाएको भरमा दलका कार्यकर्ताहरुले किसानको नाममा अनुदान लिने गरेको तर वास्तविक किसान भने सदैव मर्कामा पर्दै आएको उनको भनाइ छ ।

342539326_795490382176492_1101806759243831520_n

वैशाख ५ गतेदेखि आमरण अनसन बसेका घिमिरेले कृषकलाई अनुदानको व्यवस्था, बैंकिङ ब्याज दर २ प्रतिशत गर्न, कृषि मल, बिउ र औजार अनुदान उपलब्ध गराउन माग गरेका छन् ।

यस्तै, १० प्रतिशत बजेट कृषिलाई छुट्याउन, प्रोजेक्ट लोन ५० लाखमा एक प्रतिशत ब्याजदर उपलब्ध गराउन, कृषक कार्ड बनाउन, यातायात भाडामा किसानलाई ५० प्रतिशत छुट गर्न पनि उनले माग गरेका छन् । 

343274200_758574762535106_7245719425763136039_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया