सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नाबालिग करणी आरोपमा एक युवक पक्राउ

शुक्रबार, १५ वैशाख २०८०, २१ : ०१
शुक्रबार, १५ वैशाख २०८०

कञ्चनपुर । नाबालिग करणी आरोपमा एक युवक पक्राउ परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरकी एक १५ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका २० वर्षीय युवकलाई पक्राउ परेका हुन् ।  

करणी  घटनामा ती युवकलाई सहयोग गरेको आशंकामा केही अन्य युवालाई पनि प्रहरी कार्यालयमा बोलाएर सत्यतत्य बुझ्ने काम भएको प्रहरीले जनाएको छ ।  

बुधबार मध्यरातमा नाबालिगलाई आरोपित युवकले घर नजिकको खेतमा जबरजस्ती करणी गरेको भन्दै शुक्रबार उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पीडित परिवारले एकजना युवकविरुद्ध उजुरी दिएको बताइएको छ । भारतमा बस्दै आएकी ती नाबालिगा १२ वैशाखमा घर आएकी थिइन् । 

उनलाई गाउँकै एक युवकले राति घरबाटै लगेर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । पीडित र पिडक दुवैको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप