सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘ए’ डिभिजन लिगमा आज तीनवटा खेल हुँदै

शनिबार, १६ वैशाख २०८०, ०८ : १९
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछन । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुईवटा खेल हुनेछन् भने च्यासल मैदानमा एउटा खेल हुनेछ । 

च्यासल मैदानमा आज सङ्कटा क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुईवटा खेल हुनेछन् ।

पहिलो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ, जुन खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेल साँझ ६ बजे नै वाट सुरु हुनेछ, जसमा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप